गृहपृष्ठ नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको हो । 

उक्त सम्झौतामा नेपाल टेलिकमका प्रमुख वाणिज्य अधिकारी संगीता पहाडी र नेपाल बैंक लिमिटेडका प्रमुख फाइनान्स अफिसर श्री होमबहादुर खड्काले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुशार  नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबइाल बैंकिङ रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो । यो सुविधान सीमित समयका लागि प्रदान गरिने बैंकले जनाएको छ । 

 नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  कृष्णबहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक  सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख सञ्जिव जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु खगेन्द्रबहादुर श्रेष्ठ र रञ्जित लोहियालगायतको पनि उपस्थिति रहेको थियो । 
 
हाल बैंकले नेपालभर रहेको आवफ्नो २१३ शाखाहरु, १७९ एटीएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत्  बैकिङ गराइरहेको छ । 
 

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु