काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वार्षिकोत्सवको अवसरमा नेपाल बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

9.62K
shares

नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी हुन् भने कार्यक्रमको समापन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरे । उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका छन् ।

नेपाल बैंक कात्तिक ३० गते ८६औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकले विभिन्न कार्यक्रम  आयोजना गरिरहेको छ । नेपालभर २२६ शाखा, १९९ एटीएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।