काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गण्डकीका भाैतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

9.49K
shares

गण्डकी प्रदेशका भाैतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् ।

खड्काकाे जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पाेखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेकाे निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । खड्काले आसन्न निर्वाचनमा पार्टीकाे आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेकाे आराेप छ ।

दुई साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएकाे थियाे । अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।