काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

1.05K
shares

ai logo सारांश

  • धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ ।
  • ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ ।

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १० अङ्कले घटेर १८२ दशमलव ११ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले घटेर १६० दशमलव ६९ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर रु पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मूल्यमा खरिद बिक्री भएको छ ।

उपसमूह १३ मध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो । आज १३५ कम्पनीको सेयर बढ्यो भने १३६ कम्पनीको सेयर घट्यो । त्यसैगरी आठ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर, दोर्दीखोला जलविद्युत्लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर, नबिल बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन् ।