काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मान्मा बजारका अधिकांस मासु पसल मापदण्ड विपरित

756
shares

ai logo सारांश

  • कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।
  • प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा सञ्चालित मासु पसलहरु मापदण्ड विपरित रहेको पाइएको हो ।

कालीकोट । कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा सञ्चालित मासु पसलहरु मापदण्ड विपरित रहेको पाइएको हो ।

अनुगमनका क्रममा बजारका अधिकांश मासु पसलहरू मापदण्डविपरीत, अव्यवस्थित र दर्ता बिना नै सञ्चालन भइरहेको पाइएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोट, उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार क्षेत्रका छ वटा मासु पसलको स्थलगत निरीक्षण गरिएकोमा मासु पसलहरूको सरसफाइ, मासुको गुणस्तर, भण्डारण अवस्था तथा मूल्यसूची नराखेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

अनुगमनका क्रममा कतिपय व्यवसायीले खसीको मासु भन्दै बाख्रा बिक्री गर्ने गरेको, सरसफाइमा चरम लापरबाही गरिएको, उपयुक्त बधशाला नभई सडकमै खुला रूपमा मासु काट्ने गरेको तथा धेरैजसो पसलहरू कानुनी रूपमा दर्ता समेत नभएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । उनले अनुगमन गरिएका पसलहरूमा गम्भीर लापरबाही देखिएकाले तत्काल सुधार गर्न सचेत गराइएको बताए ।

अनुगमन गरिएका मासु पसलमध्ये अधिकांश दर्ता नभएको र दर्ता नभएका पसलहरूलाई सात दिनभित्र प्रक्रिया पूरा गरी दर्ता गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

उनले व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड नगर्न, स्वच्छ र गुणस्तरीय मासु मात्र बिक्री वितरण गर्न, उचित भण्डारणको व्यवस्था मिलाउन, अनिवार्य रूपमा अद्यावधिक मूल्यसूची राख्न तथा प्रचलित कानुनी मापदण्डहरूको पूर्ण पालना गर्न निर्देशन दिएको बताए ।

मापदण्ड विपरित रहेका मासु पसललाई सुधार गर्न र कानुनी रुपमा दर्ता गर्नका लागि आग्रह गरिएको आगामी दिनमा कानुन विपरित काम गरेमा कानुनी दायरामा ल्याउनका लागि प्रशासनसँग समन्वय भइरहेको नेपाल उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए । उनले नियम विपरित भइरहेका कामलाई उद्योग बाणिज्य संघले साथ नदिने जानकारी गराए ।

व्यवसायीहरूलाई स्वच्छ र गुणस्तरीय मासु बिक्री गर्न, उचित भण्डारण व्यवस्था मिलाउन, मूल्यसूची राख्न तथा प्रचलित मापदण्डको पालना गर्न सुझाव दिइएको अध्यक्ष शाहीले बताए ।