गृहपृष्ठ नेपाल बैंकको चौराहा शाखा सञ्चालनमा
नेपाल बैंकको चौराहा शाखा सञ्चालनमा
नेपाल बैंकले बुटवलको चौराहामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल बैक सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा ज्ञवालीले प्रतिष्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको बताए ।
नगर प्रमुख पाण्डेयले नाफामात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले शाखा विस्तारले बुटवलको विकासमा सहयोग पूग्ने र बैंकको नाफा देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसँग कारोबार गर्न उपयुक्त हुने बताए ।
प्रकाशित समय : १७:०२ बजे

















