गृहपृष्ठ थप ४ जनामा कोरोना पुष्टि, कति छ नेपालमा सक्रिय संक्रमितकाे संख्या ?
थप ४ जनामा कोरोना पुष्टि, कति छ नेपालमा सक्रिय संक्रमितकाे संख्या ?
पछिल्लो २४ घण्टामा देशभर चार जनामा कोराेनाभाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१२ पीसीआर गर्दा ३ र ४२८ वटा एन्टिजेन परीक्षण गर्दा १ जनामा काेराेना पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा १० लाख ८७८ जनामा काेराेनाभाइरसकाे संक्रमण भएकाे छ । यसमध्ये ९ लाख ८८ हजार ५९६ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लाे समय नेपालमा काेराेनाका कारण हुने मृत्यु भने शुन्य छ । काेराेना महामारी सुरू भएयता यसका कारण नेपालमा १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६३ रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय : १६:४२ बजे

















