काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खाद्यले धान खरिदको कोटा घटाएको भन्दै कृषक असन्तुष्ट, पालो नपाएकोमा आक्रोश

1.09K
shares

धनगढी । कैलालीमा यस बर्ष खाद्य व्यवस्था तथा व्यापारकम्पनी लिमिलेडले धान खरिद्को कोटा घटाएको भन्दै कृषक असन्तुष्ट भएका छन् ।

गत बर्ष ३८ हजार क्वीन्टल धान खरिद गरेको खाद्यले यस बर्ष ३० हजार क्वीन्टल मात्रै धान गरिद गर्ने कोटा निर्धारण गरेपछि कृषक असन्तुष्ट बनेका हुन् ।

खाद्य व्यवस्था तथा व्यवपार कम्पनी लिमिटेड धनगढीका अनुसार एकजना कृषकबाट बढीमा ३० क्वीन्टल मात्रै धान खरिद गर्नेगरी मंसिर १ गतेदेखि कैलालीमा ६ स्थानबाट धान खरिद प्रक्रिया सुरु भएको छ । जस अनुसार बुधबार बेलुकासम्म २ हजार ७६ क्वीन्टल धान खरिद भइसकेको जनाइएको छ ।

कृषक भने डिपोमा सहजै पालो नपाइने गरेको र न्यून कोटा निर्धारण गर्दा लाइनबाटै फर्कनुपर्ने अवस्था रहेको भन्दै खाद्यको निर्णयप्रति आक्रोसित छन् ।

धान खरिद गर्ने भनेपछि आफू १ गतेदेखि नै लाइनमा बसेको भएपनि पालो नआएको कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–१३ का गोविन्द रानाले बताए ।

‘धान खरिद गर्ने कोटा गतबर्षको भन्दा पनि घटाइएको छ,’ रानाले भने, ‘अव पालो नपाएरै फर्कनुपर्छ कि भन्ने चिन्ता लागेको छ, बाहिर विक्री गरौं भने मूल्य नै पाइँदैन ।’

सरकारले मोटोधानको प्रतिक्वीन्टल ३ हजार ६ सय ६० रुपैंयाँ तथा मध्यम मोटो धानको न्यूननतम समर्थन मुख्य ३ हजार ८ सय ६० रुपैंया निर्धारण गरेको छ ।

तर वाहिर वेच्दा २७ रुपैंया भन्दा बढी मूल्य नपाइने गरेको र त्यतिमा वेच्दा लगानी समेत असुल नहुने अवस्था रहेको राना बताउँछन् । उनले धान खरिदको कोटा बढाउनुपर्नेमा जोड दिए ।

कैलालीको धनगढी–७ का छोटेलाल रानाको कृषकलाई सवै क्षेत्रबाट ठग्ने गरेको दुःखेसो छ । कृषकलाई कति धान खरिद गर्ने भन्ने समेत जानकारी नदिएर खाद्यले लाइन बसाउने गरेको राना बताउँछन् । कोटा नै न्यून हुँदा धेरै कृषक एक हप्तासम्म लाइनमा बसेर रित्तोहात फर्कन बाध्य हुनुपरेको उनको गुनासो छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ रैकवारविचवाका बलराम रानाले तीन दिन लाइनमा बसेर बल्ल धान वेच्ने पालो पाएको बताए । तर आफूसंग भएको सवै धान खरिद गर्न सकेको उनी बताउँछन् ।

‘नत सरकारले मल दिन्छ, नत उत्पादन भएको धान नै खरिद गर्छ,’ उनले भने, ‘खाद्य संस्थानले ढिलो गरी धान खरिद गर्दा धेरै किसानले घाटामा धान वेचिसकेका छन्, खाद्यमा पालो नपाए फेरी घाटामै धान विक्री गरेर गहुँ छर्नुपर्ने अवस्था आउने छ ।’

मंगलबारदेखि कैलालीका–६ स्थानबाट धान खरिद सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी कल्पना विष्टका अनुसार कैलालीमा ३० हजार क्वीन्टल धान खरिद गर्ने प्रकृया सुरु भएको हो ।

‘हालका लागि कैलालीमा ३० हजार क्वीन्टल धान गरिदको कोटा निर्धारण गरिएको छ,’ सूचना अधिकारी विष्टले भनिन्, ‘सोही अनुसार मंगलबारदेखि कैलालीका ६ स्थानबाट धान खरिद प्रकृया अघि बढाएका छौं, बुधबारदेखि तोकेका सवै स्थानबाट धान खरिद प्रक्रिया सुरु भइसकेको छ ।’

उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका–१३ स्थित मोहनपुर, गौरिगंगाको मसुरिया, टीकापुर, शत्ती, भजनी र जोशीपुर क्षेत्रबाट धान खरिद प्रकृया अघि बढाएको छ ।

उनले सरकारले निर्धारण गरेको धानको मुल्य अनुसार संस्थानलाई ३० हजार क्वीन्टलमात्रै धान आवश्यक पर्नेभएकाले सोहीअनुसार निर्णय गरिएको बताइन् । ‘धान वेच्ने कृषकको खरिद केन्द्रमा अत्याधिक चाप बढेको छ,’ सूचना अधिकारी विष्टले भनिन्, ‘जिल्ला प्राथमिक खरिद समितिले कृषकको चापलाई मध्यनजर गरेर थप तीनलाख क्वीन्टल धान खरिदको अनुमतिका लागि केन्द्रमा सिफारिस पठाइएको छ, अहिले भने तोकेको कोटा अनुसार मात्रै धान खरिद हुनेछ ।’ सरकारले निर्धारण गरेको समर्थन मुख्य धेरै भएका कारण सबै कृषकले खाद्य संस्थानमा धाउने गरेको विष्टको भनाइ छ । तर कृषकलाई अनावश्यक लाइनमा नबस्न आग्रह गनेृगरिएको भएपनि किसानले त्यसको अवज्ञा गर्नेगरेको उनको भनाई छ ।

कञ्चनपुरका कृषकले आन्दोलन गरेपछि खरिद प्रकृया रोकियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका निमित्त प्रमुख दीपक थापाका अनुसार कञ्चनपुरमा भने किसानको आन्दोलनका कारण धान खरिद प्रकृया रोकिएको छ ।

कञ्चनपुरका लागि धान खरिद समितिले आठ हजार क्वीन्टल धान खरिद गर्ने निर्णय गरेपछि कृषकले आनदोलन गरेको उनले बताए ।

धान खरिदको कोटा कम्तिमा २० हजार पुर्याउनुपर्ने माग गर्दै कृषकले आन्दोलन गरेपछि तत्कालका लागि खरिद प्रक्रिया स्थगित गरेको उनले बताए ।