गृहपृष्ठ सामसङकाे ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर : टीभी खरिदमा नि:शुल्क साउन्डबार
सामसङकाे ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर : टीभी खरिदमा नि:शुल्क साउन्डबार
सामसङले यो फुटबल सिजनलक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ ।
सामसङले यो अफरमा सामसङको टीभीहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलईडी प्रिमियम यूएचडी टीभीहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना ल्याएको हो ।
सामसङ टीभीहरूको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरूलाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रमाइजविना इमर्सिभ दृश्य प्रदान गर्दछ । जसले दर्शकहरूलाई विश्वस्तरीय साउन्डको अनुभव दिन्छ ।
ग्राहकहरूले आफूले छनोट गरिएका आउटलेटहरूबाट टीभी खरिद गर्दा शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी, डिस्काउन्ट भाउचरहरू विभिन्न लोकप्रिय रेष्टुरेन्टमा स्वादिष्ट भोजनको आनन्द लिँदै ठूला सामसङ टीभी स्क्रिनहरूमा फुटबल हेर्न सक्नेछन् ।
यसका साथै ग्राहकहरुले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकनसमेत प्राप्त गर्न सक्नेछन्। जसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्सअन्तर्गतका सामसङ प्लाजाहरुद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डट कममार्फत एक्सचेन्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । विश्वकप सिजनमा साथी र परिवारसँग खेल आनन्द लिन आफ्ना टLभीहरू अपग्रेड गर्न आतुर ग्राहकहरूका लागि उपयुक्त समय हो ।
प्रिमियम स्तरका टेलिभिजन सेटहरूमा क्यूएलईडी टीभीहरू रहेका छन् । जसमा १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम उपलब्ध छ । साथै प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथ डिस्काउन्ट गरिएको मूल्यमा उपलब्ध छन् ।
सामसङको क्रिस्टल फोरके यूएचडी टीभीहरू पावरफुल फोरके एचडी डिस्प्लेमा लाइफ लाइक बिलियन ट्रु कलर्सका लागि परिचित छ । कम्पनीले भनेको छ, ‘७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोरके यूएचडी टीभी खरिद गर्नुहोस् र डिस्काउन्ट मूल्यको साथ नि:शुल्क साउन्डबार प्राप्त गर्नुहोस् ।’
सामसङ फ्रेम टीभीहरु खरिद गर्दा पनि यस योजना अवधिभर डिस्काउन्ट मूल्यसहित निःशुल्क साउन्डबार प्राप्त गर्न सकिन्छ । सामसङको टीभीमा एक वर्षको वारेन्टी उपलब्ध हुनेछ । साथै प्यानलहरूमा पनि थप एक वर्षको वारेन्टी मात्र उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कअन्तर्गत ३१ डिसेम्बर २०२२ सम्म नेपालभर उपलब्ध हुने छ ।
प्रकाशित समय : १७:१४ बजे