global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकको सन्देशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक

नेपाल बैंकको सन्देशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक

नेपाल बैंकको सन्देशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक

नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा सन्देशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ ।

दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्वहरुमा दिदीभाइ दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ।

करिब ३ मिनेटको यो भिडियोमा छोरीको बुद्धिमत्तापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ।

सानो छँदाको दिदीभाइको माया स्नेह विवाहपश्चात् विस्तार कम हुँदै गई दूरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदिभाई तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने सन्देश समेत भिडियोले दिएको छ।

त्यसैगरी डिजिटल बैंकिङ् को प्रयोगलाई प्रवद्र्धन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ । नेपाल बैंकले आफ्नो आधिकारीक फेसबुक पेज र युट्युबमार्फत सो भिडियो सार्वजनिक गरेको छ ।

प्रकाशित समय : १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु