global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकले यस वर्ष लाभांश नबाड्ने

नेपाल बैंकले यस वर्ष लाभांश नबाड्ने

नेपाल बैंकले यस वर्ष लाभांश नबाड्ने

नेपाल बैंकले पनि यसपालि लगानीकर्ताहरुलाई निराश बनाएको छ।

बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने निर्णयसँगै लगानीकर्ताहरु निराश बनेका हुन्। बैंक सञ्चालक समितिको बुधबार (पुस ४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैंकले उक्त आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट वित्तीय विवरण स्वीकृत गरिने बैंकले जनाएको छ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु