गृहपृष्ठ विविध विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
विविध विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छन ।
बैठकमा बोल्दै सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका ४५३ नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालोमा नेपाली युवायुवतीहरू फसिरहेको बताए। उनले भारतका विभिन्न स्थानबाट ४० जिल्लाका ४५३ नेपालीको सफल उद्धार गरी नेपाल ल्याइएको र हाल घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
“नेपाली नागरिकलाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने, ‘नेटवर्किङ’ व्यवसायमा संलग्न गराउने तथा शारीरिक र मानसिक यातना दिने कार्य भइरहेको छ”, उनले भने । उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेकोमा उनले सरकारलाई धन्यवाद दिँदै मानव तस्करीमा संलग्न गिरोहविरुद्ध कडा कारबाही गर्न माग गरे ।
सांसद बलावती शर्माले महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे । उनले हिंसापीडित महिलाहरू प्रहरीमा उजुरी दिनसमेत डराउने अवस्था रहेको र उजुरी दिएपछि पनि अपेक्षित सुनुवाइ नहुने समस्या विद्यमान रहेको बताए ।
त्यस्तै सांसद आरेन राईले इजरायल केयरगिभरको परीक्षा स्थगित हुँदा हजारौँ परीक्षार्थी अन्योलमा परेको बताउनुभयो । उनले परीक्षासम्बन्धी अन्योल चाँडै अन्त्य गरी परीक्षार्थीको भविष्यप्रति संवेदनशील हुन सरकारसँग आग्रह गरे ।
सांसद खुश्बु ओलीले कसैलाई पनि जबर्जस्ती धर्मान्तरण गराउने कार्य स्वीकार्य नहुने बताइन। उनिले नेपालको संविधान र कानुनले व्यवस्था गरेको धार्मिक स्वतन्त्रताको सम्मान गर्दै बलपूर्वक वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गतिविधि रोक्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिन ।
प्रकाशित समय : १६:१६ बजे



















