global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकको एक्स्टेन्सन काउन्टर सेनाको जंगी अड्डामा

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर सेनाको जंगी अड्डामा

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर सेनाको जंगी अड्डामा

नेपाल बैंकले नेपाली सेनाको जंगी अड्डामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले साउन १ गतेदेखि सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका ब्रिगेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवं नेपाली सेनाका उच्च अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

नेपाल बैंकले नेपालभर २१९ शाखा, १८२ एटीएमका साथै ४७ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइहेको छ ।

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु