गृहपृष्ठ नेपाल बैंकले जारी गर्ने ऋणपत्रको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

नेपाल बैंकले जारी गर्ने ऋणपत्रको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

नेपाल बैंकले जारी गर्ने ऋणपत्रको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

नेपालको पहिलो र पुरानो नेपाल बैंकले जारी गर्ने ऋणपत्र ‘१०.५०५ नेपाल बैंक ऋणपत्र २०८४’ को विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।

विक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निष्कासन गरिने बताइएको छ । बैंकले रू. १,०००/– अंकित दरको २५ लाख कित्ताले हुन आउने रू. २ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र जारी गर्ने तयारी गरिरहेको छ । उक्त ऋणपत्रको अवधि पाँच वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको जानकारी बैंकले दिएको छ ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु