काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अफगानिस्तानमा ७० जोडीको सामूहिक विवाह

11.09K
shares

अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामूहिक विवाह भएको छ । आफैँ विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामूहिक विवाह समारोह आयोजना गरिदिएको हो । 

‘सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको सामूहिक विवाह समारोह आयोजना गरेको हो,’ एक स्थानीय अधिकारीले भने ।  आर्थिक समस्याका कारणले आफैँ विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरुका लागि आफूहरुले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले जनाएका छन् ।

विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सीमित आफन्तहरु मात्रै सहभागी भएका थिए । 

अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महँगो मानिन्छ । तालिबान सरकारले पनि महँगो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ ।