भिभोका स्मार्टफोनमा एआईको प्रयोग बढ्दो
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:५४
shares

समयसँगै तीव्र रुपमा स्मार्टफोनले पनि फड्को मारेको छ । आज उपभोक्ताको धारणाहरु परिवर्तन गर्दै स्मार्टफोन हातमा सहजै बोक्न मिल्ने बहु-कार्यात्मक उपकरणको रुपमा विकसित भइसकेको छ ।
ती समयलाई सम्झनुहोस् जब फोनहरू खल्ती वा पर्समा राख्दा समेत भारी वा बोझिलो हुन्थे र विशाल भएता पनि ती उपकरणले केवल कम-रिजोल्युसनका तस्बिरहरु खिच्थे । पहिला मोबाइल फोनको एकमात्र उद्देश्य भनेको मानिसहरूलाई कल गर्ने साथै दिनभर उनीहरूका धेरैजसो कार्यहरूमा मद्दत गर्ने हो जसका लागि ठूला ब्याट्री हुन्थ्यो ।
त्यसपछि, स्मार्टफोनमा तस्विरहरू क्लिक गर्ने क्षमता वृद्धि र अन्य सुविधाहरू पनि यसमा थप हुँदै गए । त्यसबेलादेखि, प्रयोगकर्ताहरूले कहिले पनि स्मार्टफोन खरिद गर्दा आफ्नो इच्छा र चाहनामा सम्झौता गरेका छैनन् ।
उत्कृष्ट प्रविधि
स्मार्टक्यामेराको विकाससंगै अब व्यावसायिक गुणस्तरका तस्बिरहरू साना उपकरणहरूबाट सहजै खिच्न सकिन्छ । स्मार्टफोनमा एआई-सञ्चालित स्मार्ट विशेषताहरू छन् जसले वातावरणको पहिचान गर्दै नोइज हटाउन, पर्याप्त प्रकाश मिलाउन तथा सुधार गर्न, सार्पनेश मिलाउदै फ्रेममा कुनै पनि अनावश्यक वा धमिलो तत्वहरू हटाएर फोटोहरूलाई स्वचालित रूपमा सुधार गर्न सक्षम बनाउँछ ।
स्मार्टफोनले पृष्ठभूमिको विश्लेषण र पहिचान गर्न, व्यक्ति र वस्तुहरू पहिचान गर्न एआई एल्गोरिदम प्रयोग गर्दछ । यसले विषयलाई फरक बनाउन र दृश्यलाई तीव्र रूपमा सुधार गर्न ब्लर जस्ता विभिन्न मोड र विशेषता सुझाउँछ ।
ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले सुलभ तथा प्रिमियम सिरिज स्मार्टफोन पोर्टफोलियोमा एआई क्यामेरा टेक्नोलोजी प्रदान गर्दै आइरहेको छ । कम्पनीका अनुसार एआई क्यामेरा एल्गोरिथ्मले विषयलाई पृष्ठभूमिबाट छुट्याउछ र सनसेट, म्याक्रो, ल्यान्डस्केप, पोट्रेटलगायत धेरै इनबिल्ट प्रिसेट दृश्यहरू प्रदान गर्दछ जसले प्रकाश र अन्य कारकहरूमा आधारित वातावरणको आकलन गर्दै प्रयोगकर्ताहरूलाई एकै पटकमा स्मरणीय क्षणहरु क्याप्चर गर्दछ ।
प्रिमियम डिजाइन
भिभो प्रायः उत्कृष्ट क्यामेरा र आकर्षक डिजाइनका लागि परिचित छ जसकारण स्मार्टफोन उत्साहीहरूको मन जित्न सफल भएको छ । भिभोका सबै स्मार्टफोनहरु उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा अगाडि छन् । यसको साथै, उत्कृष्ट प्रविधिहरू समावेश गर्दै स्लिक डिजाइनको स्मार्टफोन निर्माण गर्ने भिभो पहिलो कम्पनी हो ।
सन् २०१२ मा भिभोले पहिलोपटक विश्वको सबैभन्दा पातलो स्मार्टफोन एक्स१ सार्वजनिक गरेको थियो जुन ६.५५एमएम मात्र मोटो थियो । यो डेडिकेटेड हाई-फाई गुणस्तर अडियो चिप राख्ने विश्वको पहिलो स्मार्टफोन थियो । सन् २०१४ मा, भिभोले एक्स५म्याक्स सार्वजनिक गरेको थियो जसको मोटाइ ४.७५एमएम थियो । यो अहिले पनि विश्वको सबैभन्दा पातलो फोन हो ।
यस्ता रोचक आउटलुकहरू, अविश्वसनीय विशेषताहरू र उत्कृष्ट डिजाइनहरूका साथ, भिभोले आफ्नो उपकरणहरूमार्फत सबैको ध्यान खिचिरहेको छ । हामीलाई आशा छ, ब्रान्डले आगामी दिनहरुमा अझ आकर्षक विशेषताहरु ल्याउनेछ र उपभोक्ताहरुको मन अझ जित्नेछ ।
























