रिलायबल नेपाल लाइफको साधारण सभा सम्पन्न, वित्तीय विवरण अनुमाेदन
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:२४
shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिले पेश गर्ने वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितका अनुसूचीहरु एनएफआरएस अनुसारको वित्तीय विवरणउपर छलफल गरी अनुमोदन गरेको छ । कम्पनीले साधारण सभामा सर्वसाधारणलाई छुट्टाइएको सेयर मध्येबाट कर्मचारीहरुको हकमा जारी गर्ने सेयरको प्रस्ताव अनुमोदन गरेको छ । त्यस्तै साभामा पूँजी वृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित भएको छ । जसमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेतअनुमोदन भएको छ ।
सभाले संस्थापक सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जनामा अन्जु पाण्डे, उदय नेपाली श्रेष्ठ, इन्द्र प्रसाद शर्मा, ग्लोबल आइएमई बैंकको प्रतिनिधिको रुपमा महेश शर्मा ढकाल निर्विरोध निर्वाचित गरेको छ । सभाबाट स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदनसमेत पारित भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, विद्यमान लेखापरीक्षकलाई पुन: नियुक्त गर्न नमिल्ने कानुनी व्यवस्था रहेकाले पनि नयाँ लेखापरीक्षकलाई नियुक्त गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
























