काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पर्यटन बोर्डद्वारा व्यवसायसम्बन्धी तालिम प्रदान

12.12K
shares

नेपाल पर्यटन बोर्डले हालै ६४५ जनालाई पर्यटन व्यवसायसम्बन्धी तालिम प्रदान गरेको छ । 

 सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए । यस क्रममा बोर्डले नेपालगञ्ज, धनगढी र धरानमा पर्यटन मेला सम्पन्न गरेको छ । आज आयोजित कार्यक्रममा बोर्डका सदस्यद्वय मदन आचार्य र मिलन देवकोटाले नेपालको पर्यटन विदेशमा प्रवर्द्धन गर्न योगदान दिएका नरबहादुर टण्डनलाई सम्मान गरेका थिए । 

कार्यक्रममा बोर्डका निर्देशक हिक्मतसिंह ऐरले मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न विभिन्न गतिविधि सञ्चालन गरिएकोबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

मुलुकमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको विकास गर्न आवश्यक पूर्वाधारको खाँचो रहेको उल्लेख गर्दै पर्यटकसँग पर्यटन सेवा शुल्क, पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विकासका लागि निश्चित शुल्क लिने गरिएको उनले बताए ।