काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता

12.41K
shares

एनएमबी बैंकले माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । साक्षरता कार्यक्रममा माइती नेपालका ५३ जना दिदीबहिनीहरू सहभागी थिए ।

बैंकको लघुवित्त विभागले आयोजना गरेको कार्यक्रममा सहभागीलाई बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालासहित बैंकका कर्मचारीहरूको सहभागिता थियो ।