काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य ६ सयले बढ्यो, चाँदीको २० रुपैयाँले घट्यो

1.39K
shares

काठमाडौं, १८ कात्तिक। नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला तीन हजार ६५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला तीन हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो।