काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलायो

567
shares

काठमाडौं। अनलाइन बस टिकट प्लेटफर्म बससेवाले तिहार तथा छठलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुलाएको छ।

बससेवाले बुधबारदेखि सबै रुटमा अग्रिम टिकट बुकिङ खुला गरेको जनाएको छ। चाडपर्वमा टिकट काट्न लाइन बस्नुपर्ने झन्झट हटाउने उद्देश्यले ‘लाइन होइन, अनलाइन रोजौँ’ भन्ने नारासहित बुकिङ खुलाइएको कम्पनीले जनाएको छ।

अग्रिम टिकट बुकिङ गर्ने यात्रुले विशेष छुटसमेत पाउनेछन्। बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहार तथा छठका लागि टिकट बुकिङ गर्दा प्रत्येक यात्रुले १०० रुपैयाँ छुट पाउनेछन्। छुट लिन तिहारका लागि ‘TIHAR2083’ र छठका लागि ‘CHHATH2083’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ।

यस्तै, यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बससेवाले वैकल्पिक यात्रा बीमाको व्यवस्था पनि गरेको छ। यात्रुले टिकट बुकिङसँगै आफ्नो इच्छाअनुसार एक लाख, तीन लाख र पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा छनोट गर्न सक्नेछन्।

बससेवा नेपालमा अनलाइन बस टिकट उपलब्ध गराउने अग्रणी प्लेटफर्ममध्ये एक हो। कम्पनीले एक दशकभन्दा बढी समयदेखि नेपालका ७० भन्दा बढी जिल्लामा सञ्चालन हुने आधुनिक तथा सुविधासम्पन्न बसहरूको टिकट उपलब्ध गराउँदै आएको छ।