काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्दै सुमन गजमेर

1.07K
shares

काठमाडौं । नेपाली चलचित्र ‘रङ्गी’ का लेखक सुमन गजमेरले ‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् । गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्देशनको तयारी अघि बढाएका हुन् ।

‘हाम्रो सानो घर’ को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रले समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड (जेनजी) को जीवन, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राख्नेछ ।

प्रेमकथामा आधारित हुने चलचित्रले मनोरञ्जनसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत उठान गर्ने निर्देशक गजमेरले बताएका छन् ।

गजमेरका अनुसार ‘हाम्रो सानो घर’ मार्फत नेपाली दर्शकलाई फरक स्वादको प्रेमकथा प्रस्तुत गर्ने प्रयास गरिनेछ ।

चलचित्र ‘रे अफ आर्ट’ प्रालिको ब्यानरमा निर्माण हुनेछ । निर्माण पक्षका अनुसार यसअघि रे अफ आर्टले चलचित्र ‘परिवार’ निर्माण गरिसकेको छ, जुन हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रसँगै कम्पनीले विभिन्न म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत काम गरिसकेको जनाएको छ ।

हाल चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । कलाकार तथा प्राविधिक टोली टुङ्गो लागेपछि चलचित्रको छायांकन सुरु गरिनेछ ।

निर्देशनमा डेब्यु गर्नुअघि गजमेरले अस्कर इन्टरनेसनल कलेजबाट फिल्म राइटिङ एन्ड डाइरेक्टिङ विषयमा स्नातक अध्ययन पूरा गरेका थिए । त्यसपछि उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् ।