काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘रामायण’को अग्रिम बुकिङ १०० करोड भारु पार

924
shares

मुम्बई । रणवीर कपुर, यश र साई पल्लवी अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायण’ ले प्रदर्शनअघि नै बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ। चलचित्रको अग्रिम टिकट बिक्रीबाट पाँच दिनको विस्तारित ओपनिङ विकेन्डका लागि १०० करोड भारुभन्दा बढी कमाइ भएको छ।

उपलब्ध विवरणअनुसार चलचित्रका हालसम्म २७ लाख ६९ हजार टिकट बिक्री भएका छन्। यसबाट अग्रिम बुकिङमार्फत १०४ करोड ५८ लाख भारु संकलन भएको छ।

चलचित्रको पहिलो दिन बिहीबारका लागि मात्रै १० लाख ७५ हजार टिकट बिक्री भएका छन्। यसबाट ४१ करोड २१ लाख भारु संकलन भएको छ। त्यस्तै, शुक्रबारका लागि १८ करोड ९३ लाख र शनिबारका लागि २० करोड २९ लाख भारुबराबरका टिकट बिक्री भएका छन्।

आइतबार र सोमबारका लागि क्रमशः १३ करोड ७६ लाख र १० करोड ३९ लाख भारुको अग्रिम बुकिङ भएको विवरणमा उल्लेख छ।

प्रदर्शनको ढाँचाका आधारमा ३डी संस्करण सबैभन्दा अगाडि देखिएको छ। यसबाट ५८ करोड ५२ लाख भारु संकलन हुँदा २डी संस्करणबाट २८ करोड ११ लाख, आईम्याक्सबाट १३ करोड ११ लाख, ४डीएक्सबाट २ करोड ४७ लाख र डल्बी सिनेमाबाट १ करोड २० लाख भारु संकलन भएको छ।

भाषागत रूपमा हिन्दी संस्करणको अग्रिम बुकिङ सबैभन्दा बढी छ। हिन्दी संस्करणबाट ८५ करोड ३७ लाख भारु संकलन हुँदा तेलुगु संस्करणबाट ८ करोड ५७ लाख र कन्नड संस्करणबाट ७ करोड ८६ लाख भारु संकलन भएको छ।

महाराष्ट्र, दिल्ली र कर्नाटक चलचित्रको अग्रिम बुकिङमा सबैभन्दा बढी योगदान दिने क्षेत्रका रूपमा देखिएका छन्। कर्नाटक अभिनेता यशको गृह राज्यसमेत हो।

चलचित्रले प्रदर्शनको सुरुआती दिनमै १०० करोड भारुभन्दा बढी कमाइ गर्ने अनुमान गरिएको छ। पाँच दिनको विस्तारित ओपनिङ विकेन्डमा यसको कुल व्यापार कति पुग्छ भन्नेमा अहिले दर्शक र चलचित्र क्षेत्रको चासो छ।

नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ दुई भागमा प्रदर्शन हुने बताइएको छ। चलचित्रमा रणवीर कपुर भगवान् राम, साई पल्लवी माता सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन्।