काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओबामाले भने– अमेरिकी जनता विभाजन होइन, एकता चाहन्छन्

672
shares

काठमाडौं। डेमोक्र्याटिक पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभमा सफलता हासिल गरेपछि अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकी जनता विभाजन होइन, एकता चाहन्छन् भन्ने पुष्टि भएको बताएका छन्।

केहीबेरअघि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओबामाले मध्यावधि निर्वाचनले अमेरिकी जनताको स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन्। उनका अनुसार जनताले विभाजनको सट्टा एकता कायम गर्ने र आफूहरूले सामना गरिरहेका चुनौतीको ठोस समाधान दिन सक्ने नेतृत्व चाहेका छन्।

ओबामाले देशका विभिन्न क्षेत्रबाट फरक पृष्ठभूमि र राजनीतिक दृष्टिकोण भएका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा सहभागी भएको उल्लेख गरेका छन्। उनीहरू साझा मूल्यमान्यता, जनसेवाप्रतिको विश्वास र आफ्ना निर्वाचन क्षेत्र तथा राज्यका जनतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धताका कारण एकजुट भएको उनले बताएका छन्।

वर्तमान प्रशासनको कार्यकाल अझै दुई वर्ष बाँकी रहेको उल्लेख गर्दै ओबामाले अब आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक परिवर्तन गर्ने, थप क्षति हुन नदिने र भविष्यका लागि बलियो आधार तयार पार्ने काम गर्नुपर्ने बताएका छन्।

मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले सिनेटमा ५६ र हाउस अफ रिप्रेजेन्टेटिभमा २६० सिट जित्ने प्रक्षेपण गरिएको छ। सिनेटमा डेमोक्र्याटिक पार्टीले ५१ सिट जितिसकेको जनाइएको छ।