काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युगान्डाविरुद्ध नेपाल १५ रनले विजयी

12.1K
shares

नेपालले चौथो महिला टी२० आई सिरिजमा भ्रमणकारी युगान्डालाई पराजित गरेको छ । सुरुआती तीन खेल लगातर गुमाएकाे नेपालले शुक्रबार युगान्डाविरूद्ध १५ रनकाे जित निकालेकाे हाे ।

जितको लागि ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डा निर्धारित १८ ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो । युगान्डाकी जेनेत म्वाबाजीले ३२ बलमा १ चौका प्रहार गर्दै सर्वाधिक २१ रन बनाइन् । एभलिन एनीपो ११ बलमा २ चौकासहित १६ रन बनाइन् ।यता, रिता न्यांगेन्डो १६ र ओपनर केविन एविनो ११ रन आउट भइन् ।

नेपालको लागि डेब्यू खेल खेलेकी युवा स्पिनर हिरान्माय रोयले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । अस्मिना कर्माचार्य, कविता कुँवर र रुविना क्षेत्रीले १/१ विकेट लिए । त्यसअघि नेपालले १७.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो । वर्षका कारण आउट फिल्ड भिजेपछि खेल निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको थियो ।

१८ ओभरको खेलमा नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको इनिङ्स खेलिन् । उनले १३ बलमा ४ चौका प्रहार गरिन् । विन्दु रावलले ३५ बलमा १ चौकासहित १६ रन बनाइन् । सीता रानामगर ८ बलमा २ चौकासहित ११ रनमा रन आउट भइन् । युगान्डाकी कोन्सी कोन्सी एविकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् ।

५ खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो । यस्तै, दोस्रोमा नेपाल १ विकेटले पराजित भएको थियो । बिहीबार युगान्डाले नेपाललाई ६ विकेटले हराएको थियो । नेपालले युगान्डासँग शनिबार अन्तिम टी२० आई खेल खेल्न खेल्नेछ ।