गृहपृष्ठ गाउँपालिका अध्यक्षकाे सपथ रोक्न निर्वाचन आयोगकाे निर्देशन

गाउँपालिका अध्यक्षकाे सपथ रोक्न निर्वाचन आयोगकाे निर्देशन

गाउँपालिका अध्यक्षकाे सपथ रोक्न निर्वाचन आयोगकाे निर्देशन

कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको सपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई सपथ नगराउन निर्देशन दिइएको हो ।

वडा नं. २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । नेपाली कांग्रेसबाट वडा नं. ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएका जनप्रतिनिधि चुनिएपछि सपथ के गर्ने भन्ने अन्योल रहेकै बेला आयोगले उनीहरूको मुद्दा विचाराधीन रहेको पत्र पठाउनाका साथै सपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

प्रकाशित समय : २३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु