गत २४ घण्टाभित्र ११ जना कोरोना संक्रमित थपिए
वि.सं.२०७९ जेठ ७ शनिवार ००:३८
shares

पछिल्लो २४ घण्टामा देशभर ११ जना कोराेना संक्रमित थपिएका छन् । २ हजार ८७४ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएकामध्ये ८ जना संक्रमित काठमाडौंका रहेका छन् । आज १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १४९ पुगेको छ भने ३३ जिल्ला संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

























