काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा

819
shares

काठमाडौँ। मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री व्यावहारिक र जीवन उपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो ।

शिक्षाका साथै खेलकुद क्षेत्रको विकास र विस्तारमा मन्त्रालयको उत्तिकै भूमिका छ । विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले लिने पहलकदमी र मार्गनिर्देशनअनुरुप विश्वविद्यालयलाई विशिष्टिकृत बनाउने दायित्व विश्वविद्यालय पदाधिकारीको काँधमा छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको ‘एकेडेमिक सारथी’का रुपमा सात विश्वविद्यालयका उपकुलपति हुन। यी सात अनुहार केबल नेतृत्व मात्रै होइन नागरिकको परिवर्तनको आकाङ्क्षालाई आत्मसात् गरी शैक्षिक संस्थालाई परिणाममुखी बनाउने कार्यकारी पनि हुन् ।

उच्च शिक्षा विद्यालय तहपछि अर्थात् माध्यमिक तहपछि प्राप्त गरिने शिक्षा हो । उच्च शिक्षाको श्रीवृद्धिका लागि त्यसको नेतृत्व कस्तो हुन्छ भन्ने अर्थ राख्छ । देशको भविष्य निर्माण गर्ने कर्णाधार उत्पादन र जीवनोपयोगी सीप, ज्ञान हासिल गर्न यसको महत्व र सान्दर्भिकता हुन्छ ।

यस्तो शिक्षाको सक्षम नेतृत्व प्रदान गरी उच्च शिक्षाको व्यावसायिक र गुणस्तरीयता कायम गर्न विश्वविद्यालयको नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ ।

शिक्षामन्त्रीको अभिभावकत्वमा उच्च शिक्षाको सुधार र विश्वविद्यालयको उत्कृष्टता कायम गर्नाका साथै समयमै परीक्षाको नतिजा निकाल्न, शैक्षिकसत्र प्रभावकारी सञ्चालन गर्न र विश्वविद्यालयको भौतिक सम्पत्तिको जगेर्ना र उपभोगका लागि पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । विश्वविद्यालयको खस्किएको शाख उकास्न र शिक्षा र परीक्षा प्रणाली सुधारका लागि प्राथमिकता दिनुपर्ने छ ।

सरकारले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गरिसकेको छ । नियुक्त पदाधिकारीले आ–आफ्नो जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । उपकुलपति नियुक्ति गर्न विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३’ जारी गरिएको थियो ।

उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनोट गरेको हो ।

सरकारले त्रिविसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेको छ । नियुक्त उपकुलपतिले विश्वविद्यालय सुधारका लागि कामको थालनी गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले करिब ३० वर्ष काठमाडौँ विश्वविद्यालयमा काम गरेका छन् । उनिसँग चार वर्ष काठमाडौँ विश्वविद्यालयको उपकुलपति सम्हालेको अनुभव पनि छ । उनले हाइड्रोलिक मेसिनमा बालुवाका कणले हुने घर्षणमा विद्यावारिधि गरेका छन् ।

विसं २०७७ मा थापा काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्त भएको थिए । यसअघि थापाले काठमाडौँ विश्वविद्यालयमा डिन, रजिस्ट्रार र उपकुलपतिसमेत रहेर काम गर्नुभएको थियो । उपकुलपति थापासँग जलविद्युत्सहित ऊर्जा क्षेत्रको अनुसन्धान र इन्जिनियरिङ शिक्षा क्षेत्रको ज्ञान छ ।

काठमाडौँ निवासी डा थापाले सन् १९८३ मा ल्याबोरेटोरी हाई स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेजबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह (पिसिएल) पूरा गरेका थिए । त्यसपछि उहाँले नेपाल सरकारको कोलम्बो प्लान छात्रवृत्तिअन्तर्गत भारतको पञ्जाब इन्जिनियरिङ कलेजबाट सन् १९९१ मा मेकानिकल इन्जिनियरिङमा स्नातक (बीइ) गरे । उनले सन् १९९९ मा भारतकै बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट स्नातकोत्तर (एमई) र सन् २००४ मा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट स्याण्ड इरोजन इन हाइड्रोलिक मेसिनरीमा बालुवाको क्षयीकरण विषयमा विद्यावारिधिको उपाधि हासिल गरेका छन् ।

बैतडीका किसनदत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । इन्जिनियरसमेत रहेका भट्टसँग सुदूरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि अध्यापन गराएको अनुभव छ । उनले दुई कार्यकाल इन्जिनियरिङ अध्ययन संस्थानमा डिन रहेर काम गरेका थिए ।

भट्टले २०६२÷६३ पछि केही समय लोकसेवा पास गरेर सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय चितवनमा रहेर काम गरेका थिए । पछि स्नातकोत्तर अध्ययनका लागि निजामती सेवा छाडेर हङकङ गए।

उनले हङकङबाटै सहरी विकास कार्यक्रममा स्नातकोत्तर गरे । स्वदेश फर्किएर नेपाल इन्जिनियरिङ कलेजमा प्राध्यापन गरे । हङकङबाटै विद्यावारिधि गरेका उनले त्यसपछि स्वदेश फर्किएर केही समय पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यापन गराए । त्यसपछि सुदूरपश्चिम विश्वविद्यालयमा आबद्ध भएका उनि उपकुलपति बनेका छन् । प्रशासनिक एवं शैक्षिक विकासमा भट्ट कुशल प्राध्यापक मानिन्छन ।

डा राजन सुवाल मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । भक्तपुरका सुवालले मध्यपश्चिम विश्वविद्यालयमै पढेर यसको नेतृत्व लिने अवसर प्राप्त गरेका छन् । उहाँसँग मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायको डिनका रूपमा काम गरेको अनुभव छ । डा सुवाल ख्वप इन्जिनियरिङ कलेजका पूर्वसंस्थापक प्रिन्सिपल (सस्थापक प्राचार्)० हुन । उनले सन् २००१ देखि २००९ सम्म ख्वप कलेजको नेतृत्व गरेका थिए । डा सुवाल नेपालका एक वरिष्ठ स्ट्रक्चरल इन्जिनियर र प्राध्यापक हुन । उनले स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गरेका छन् । लामो समय त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसमा सह–प्राध्यापकका रुपमा अध्यापन गराएको थिए ।

लमजुङको राइनास नगरपालिकाका ऋषिराम कट्टेल कृषि तथा वन विश्वविद्यालयको उपकुलपति हुन । उनिसँग कृषि तथा वन विज्ञानका क्षेत्रमा अध्यापन एवं अनुसन्धानको अनुभव छ । कट्टेल रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सेवा गरे । उनले कृषि व्यवस्थापन र कृषि अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनि कृषि अर्थशास्त्रका प्राध्यापक, अनुसन्धानकर्ता तथा कृषि व्यवसाय, मूल्य शृङ्खला, बजार प्रणाली र नीतिगत विश्लेषणको विज्ञ हुन । कट्टेलसँग करिब २० वर्षको शिक्षण, अनुसन्धान, विश्वविद्यालय प्रशासन तथा विकाससम्बन्धी अनुभव रहेको छ ।

उनले सो विश्वविद्यालयको प्राध्यापक, विभागीय प्रमुख, एकेडेमिक काउन्सिल सदस्य तथा अनुसन्धान तथा विस्तार निर्देशनालयका निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरेका छन् ।

उनका ५० भन्दाबढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धान प्रकाशन रहेका छन् । उन को प्रमुख विशेषज्ञता कृषि अर्थशास्त्र, कृषि व्यवसाय व्यवस्थापन, मूल्य तथा आपूर्ति शृङ्खला, अर्थमितीय विश्लेषण, कृषि तथ्याङ्क, लागत–लाभ विश्लेषण, जलवायु–अनुकूल कृषि, बजार प्रणाली तथा नीति अनुसन्धानमा रहेको छ ।

राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा डा श्याम नारायण लाभ जनकपुर निवासी हुन । उनि त्रिविकै प्राणीशास्त्रका प्राध्यापकथिए । उनले माछाको पोषणबारे भारतबाट विद्यावारिधि गरेका छन् । उहाँ प्राध्यापकसँगै जलीय कृषि वैज्ञानिक र नीति अधिवक्ता पनि हुन । उनि युनिभर्सिटी अफ इडाहो, संयुक्त राज्य अमेरिकाको फुलब्राइट रिसर्च स्कलर थिए । अमृत साइन्स क्याम्पसका अवकाशप्राप्त प्राध्यापक लाभले सोही क्याम्पसको प्राणीशास्त्र विभागको प्रमुख भएको थिए ।

चार दशकभन्दा बढी समयको अवधिमा उहाँले आफूलाई नेपालका सर्वाधिक सम्मानित वैज्ञानिक, शिक्षाविद् र दूरदर्शी व्यक्तिका रूपमा स्थापित गरेका छन् । विज्ञान तथा शिक्षा क्षेत्रमा उनको विशिष्ट योगदानको कदर गर्दै उनलाई विभिन्न प्रतिष्ठित सम्मानहरूबाट विभूषित गरिएको छ, जसमा धेरै वटा लाइफ–टाइम अचिभमेन्ट अवार्ड (२०१०, २०१२, २०२० र २०२२) तथा विज्ञान रत्न पुरस्कार ९२०२१० समावेश छन् । प्राज्ञिक उत्कृष्टताको राष्ट्रिय मान्यतास्वरूप उहाँलाई सन् २०१० मा नेपालका राष्ट्रपतिद्वारा ‘नेपाल विद्या भुषण ९क श्रेणी०’ पदक प्रदान गरिएको थियो ।

भोजपुरका देवेन्द्र अधिकारी पोखरा विश्वविद्यालयको उपकुलपति हुन । उनले लामो समय महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराएको थिए । उनले भौतिकशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले महेन्द्र मोरङमा भौतिकशास्त्र विभागीय प्रमुख रहेर पनि काम गरेका थिए ।

अधिकारी यसअघि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष पनि भए । विसं २०८२ माघमा उनि सेवा आयोग अध्यक्ष नियुक्त भएको थिए । अधिकारीसँग त्रिवि र खुला विश्वविद्यालयमा काम गरेको अनुभव छ । उनले त्रिवि र खुला विश्वविद्यालयको पाठ्यक्रम बनाउने विषय समितिमा रहेर पनि काम गरेका थिए । पीयु सेवा आयोग अध्यक्ष, एकेडेमिक काउन्सिलको सदस्य, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको धरानको छनोट समिति सदस्य र रिसर्च म्यानेजमेन्ट चेयरमेन भएको थिए ।

प्रा डा सुजनबाबु मरहट्ठा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति हुन । उनि प्रख्यात जनस्वास्थ्य विशेषज्ञ, प्राध्यापक तथा शिक्षाविद् हुन । मरहट्ठाले खुला विश्वविद्यालयमा जनस्वास्थ्य विषय अध्यापन गर्दै आउएको थिए । जनस्वास्थ्य विज्ञ उनि चिकित्सा शिक्षा आयोगका पूर्वनिर्देशक पनि हुन ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति हुनुअघि उनले नेपाल खुला विश्वविद्यालयमा जनस्वास्थ्य विषयको प्राध्यापक, चिकित्सा शिक्षा आयोगको निर्देशक तथा मनमोहन मेमोरियल इन्स्टिच्युट अप हेल्थ साइन्सेसमा जनस्वास्थ्य विभागको नेतृत्व गरेका थिए ।

उनि महामारी विज्ञान र सङ्क्रामक रोग नियन्त्रण ९विशेषगरी क्षयरोग र कोभिड–१९० का ज्ञाता हुन । उनका राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलमा १०० भन्दाबढी अनुसन्धानमूलक लेख प्रकाशित छन् । उनले नेपाल सरकारको उच्चस्तरीय स्वास्थ्य नीति मस्यौदा समिति, उच्चस्तरीय शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयको कोभिड–१९ कमान्ड सिस्टममा रहेर महत्वपूर्ण योगदान पु¥याएको छन् ।