काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

735
shares

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको जनाएको छ ।

आयोगले आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मङ्सिर २१ गतेसम्मको अवधिको अनुसन्धान गरेको थियो ।

आयोगका अनुसार, सो अवधिममा आचार्य र उनको एकाघरको परिवार÷सगोलमा रहेका व्यक्तिले छ करोड २५ लाख ६३ हजार ३४५ वैध आय गरेको देखिन्छ । यस्तै, सोही अवधिममा १५ करोड ९८ लाख ३५ हजार ३३५ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।

परीक्षण अवधिमा वैध आयभन्दा खर्च तथा लगानी बढी भएको पाइएको आयोगको ठहर छ । आयोगले नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

आयोगले आचार्यको श्रीमती ललिता राजभण्डारी, छोरी निलु आचार्य र सरु आचार्यविरुद्ध समान बिगो बराबरको मागदाबी गरेको छ । यस्तै, भक्तपुर मध्यपुरथिमि–२ का प्रभा बस्नेत र काठमाडौँ पेप्सीकोलाका कुमारी कटुवालविरुद्ध रु ३८ लाख ८६ हजार १८२ बराबरको बिगो मागदाबी गरेको छ ।

यस्तै, आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको अभियोगमा अर्को मुद्दा दायर गरेको छ ।