गृहपृष्ठ बालेन शाहद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता
बालेन शाहद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान घोषणापत्र सार्वजनिक गरेपछि उनले काठमाडौंका मेयरको उम्मेदवारी दर्ता गराएका हुन् ।
शाहले राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रकाशित समय : २०:०३ बजे



















