nmb bank

गृहपृष्ठ २७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

२७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

२७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमई पे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे रहेको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७औँ संस्करण यसअघि कोभिड-१९ कारण नेपाल सरकारका निर्णयलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो ।

विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौँमा मात्र हुने भएको हो । विगतमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालामा प्रदर्शनीप्रति उत्साह देखिएको छ । आयोजनाले कोभिड-१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवं उत्पादनको सहभागिता रहेको छ ।

फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवं सम्बन्धित संस्थाको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यससम्बन्धी उत्पादन रहने छन् । स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्ट र आइडियाको प्रदर्शनी भइरहेका छन् ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु