nmb bank

गृहपृष्ठ रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ ।

बैठकले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ । यसअघि प्रभाव विभाग प्रमुखको जिम्मेवारीमा उपसभापति डिपी अर्याल रहेको थियो । अर्याल सभामुखमा निर्वाचित भएपछि उनले पार्टीको जिम्मेवारीबाट अलग भएको छ । उनले सभामुखका निर्वाचित भएसँगै सो पद रिक्त थियो ।

सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । पार्टी प्रवक्ता झाका अनुसार केन्द्रीय समिति बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे ‘ब्रिफिङ’ हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुको रिपोर्टिङ हुनेछ । केन्द्रीय सदस्यलाई दुई मिनेटका दरले समय छुट्याइएको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकारलगायत विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु