nmb bank

गृहपृष्ठ निजामती कर्मचारी सङ्गठनको स्थापना दिवसः ट्रेड युनियन अधिकार रक्षामा जोड

निजामती कर्मचारी सङ्गठनको स्थापना दिवसः ट्रेड युनियन अधिकार रक्षामा जोड

निजामती कर्मचारी सङ्गठनको स्थापना दिवसः ट्रेड युनियन अधिकार रक्षामा जोड

काठमाडौँ । ट्रेड युनियन अधिकार हनन हुन नहुनेमा सरोकार भएकाहरूले जोड दिएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको ३६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘सार्वजनिक सेवामा ट्रेड युनियन अभ्यास’ विषयक छलफलमा सहभागीहरूले सरकारले कर्मचारीतन्त्रमा राजनीतिक दलनिकट विभिन्न सङ्गसङ्घठन खारेज गर्ने तयारी गरेको सन्दर्भमा ट्रेड युनियन अधिकार भने रक्षा हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले संविधानको मौलिक हकमा श्रमिक भन्नाले शारीरिक र बौद्धिक श्रमिक दुवै उल्लेख भएकाले संविधान संशोधन गरिए पनि आधिकारीक ट्रेड युनियन संरक्षित हुनुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, पेसागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, सार्वजनिक सेवासम्बन्धी अन्तरराष्ट्रिय युनियनका अध्यक्ष भोला पोखरेल, सङ्गठनका महासचिव आरसी अधिकारीले ऐतिहासिक, कानुनी र विश्वका लोकतान्त्रिक अभ्यासका दृष्टिमा ट्रेड युनियन अधिकारबारे प्रस्तुतीकरण गरेको थियो ।

सङ्गठका अध्यक्ष भवानी न्यौपाने दाहालले संरक्षित अधिकारसँगै पेसागत प्रगतिको कामना गर्दै स्थापना दिवसको शुभकामना दिए । सङ्गठनले विभिन्न जिल्लास्तरमा पनि स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको जनाएको छ ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु