गृहपृष्ठ माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पारित
माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पारित
माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिको सबै विवरण पारित गर्नुका साथै रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको सञ्चालकको नियुक्तिसमेत अनुमोदन गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।
साधारण सभाकाे अवसरमा बैकले आफना संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर केसीको स्मृतिमा बैकको पोखरा महानगरपालिका-९, नयाँबजारस्थित कार्यालय परिसरमा अर्धकदको शालिकसमेत स्थापना गरेकाे छ । २२ वर्षअघि स्व. केसीको सक्रियतामा बैंकको स्थापना भएको थियो ।
प्रकाशित समय : १४:४६ बजे



















