global ime bank Long Banner Ad

गृहपृष्ठ एसियाली जुडोमा नेपालका दुई खेलाडी सहभागी

एसियाली जुडोमा नेपालका दुई खेलाडी सहभागी

एसियाली जुडोमा नेपालका दुई खेलाडी सहभागी

काठमाडौं ।जोर्डनको अम्मानमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा भएका छन् ।

यही असार ३२ देखि साउन ३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ६६ केजीमुनि विशेष विक र ६० केजीमुनि सविनकुमार दियालीले प्रतिस्पर्धा गर्नेछन् । त्यस प्रतिस्पर्धामा सहभागी हुने नेपाली टोली आजै जोर्डनको अम्मान प्रस्थान गरेको छ ।

उक्त प्रतियोगिताको टिम व्यवस्थापकमा नेपाल जुडो सङ्घका महासचिव प्रकाशचन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घर्तीमगर रहेको छन् । जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि अम्मान प्रस्तान गरेका छन ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले आजै यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना प्रदान गर्दै बिदाई गरे ।

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु