गृहपृष्ठ फोटोनले पाँच नयाँ ‘टोटल केयर शिल्ड’ सर्भिस पोइन्ट थप्यो, बिक्रीपछिको सेवा नेटवर्क २१ स्थानमा विस्तार
फोटोनले पाँच नयाँ ‘टोटल केयर शिल्ड’ सर्भिस पोइन्ट थप्यो, बिक्रीपछिको सेवा नेटवर्क २१ स्थानमा विस्तार
काठमाडौं । फोटोनले नेपालमा आफ्नो बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्दै पाँच नयाँ ‘टोटल केयर शिल्ड’ सर्भिस पोइन्ट सञ्चालनमा ल्याएको छ। नयाँ सेवा केन्द्र थपिएसँगै कम्पनीको देशव्यापी बिक्रीपछिको सेवा नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ।
नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिका अनुसार नयाँ सर्भिस पोइन्ट भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहान मा सञ्चालनमा आएका छन्। यसबाट ती क्षेत्र तथा आसपासका ग्राहकले विद्युतीय व्यावसायिक सवारीसाधनको मर्मत, प्राविधिक परीक्षण तथा बिक्रीपछिको सेवा स्थानीयस्तरमै सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ सर्भिस पोइन्टहरू विशेषगरी शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी तथा व्यावसायिक सवारीसाधन सञ्चालकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो। यस्ता व्यवसायका लागि सवारीसाधनको नियमित सञ्चालन र समयमै उपलब्ध हुने बिक्रीपछिको सेवा महत्त्वपूर्ण हुने भएकाले सेवा सञ्जाल विस्तार गरिएको कम्पनीको भनाइ छ।
‘फोटोन टोटल केयर’ कार्यक्रमअन्तर्गत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत सेवा तथा वारेन्टीसम्बन्धी सुविधा प्राप्त गर्नेछन्। नयाँ सेवा केन्द्रहरूमा फोटोनका विद्युतीय सवारीसाधनका लागि आवश्यक विशेष डायग्नोस्टिक उपकरण, तालिमप्राप्त ईभी प्राविधिक तथा जेनुइन स्पेयर पार्ट्सको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेका बेला राजधानीबाहिर पनि दक्ष मर्मत सेवा विस्तार गर्नु आवश्यक रहेको कम्पनीको भनाइ छ। सेवा सञ्जाल विस्तारले सवारीसाधनको सुरक्षा र विश्वसनीयता बढाउनुका साथै आयु लम्ब्याउने र बिक्रीपछिको सेवा लिन ग्राहकले लामो दूरी यात्रा गर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार ‘फोटोन टोटल केयर’ कार्यक्रमको उद्देश्य सवारीसाधन सञ्चालनमा हुने अवरोध र सञ्चालन खर्च घटाउनु हो। नियमित तथा रोकथाममूलक मर्मत, छिटो सेवा, पारदर्शी प्रक्रिया तथा नेपालको भौगोलिक अवस्था अनुकूल सेवा व्यवस्थामार्फत व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा राख्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स नेपालका लागि फोटोन सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर शोरुम तथा सेवा केन्द्र विस्तार गर्दै विद्युतीय व्यावसायिक सवारीसाधनको बिक्रीसँगै बिक्रीपछिको सेवा सुदृढ बनाउँदै आएको जनाएको छ।
प्रकाशित समय : १८:१३ बजे



















