गृहपृष्ठ १ हजार ३९९ बाट ‘सहारा हेल्थ इन्सुरेन्स’, इसेवामार्फत ६ लाखसम्मको स्वास्थ्य बीमा सुरक्षा
१ हजार ३९९ बाट ‘सहारा हेल्थ इन्सुरेन्स’, इसेवामार्फत ६ लाखसम्मको स्वास्थ्य बीमा सुरक्षा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले शिखर इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपाली नागरिकको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार सुलभ प्रिमियममा उपलब्ध यस योजनाले सर्वसाधारणलाई झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा सेवा प्रदान गरिरहेको छ।
इसेवाका अनुसार १ हजार ३९९ रुपैयाँबाट सुरु हुने यस बीमा योजनाअन्तर्गत ग्राहकले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित अधिकतम ६ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। योजना पूर्ण रूपमा डिजिटल माध्यममा आधारित भएकाले ग्राहकले कुनै कागजी प्रक्रिया पूरा गर्न वा बीमा कम्पनीको कार्यालय धाउनुपर्ने आवश्यकता नपर्ने कम्पनीले जनाएको छ। इसेवा एपमार्फत केही मिनेटमै बीमा खरिद तथा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
यस योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र उमेरअनुसार १ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा योजना छनोट गर्न सक्नेछन्। बीमाले २४ घण्टा वा सोभन्दा बढी अवधिको अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित ९क्यासलेस० उपचार, १५० भन्दा बढी डे–केयर सेवा, साथै अस्पताल भर्ना हुनुअघि र डिस्चार्जपछिका योग्य चिकित्सा खर्चसमेत समेट्ने कम्पनीले जनाएको छ। यसका अतिरिक्त योजनामा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पनि समावेश गरिएको छ।
यो योजना ५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनमा आवश्यक विवरण भरेर आफ्नो वा परिवारका सदस्यका लागि उपयुक्त कभरेज छनोट गरी इसेवामार्फत भुक्तानी गर्न सक्नेछन्। भुक्तानी सम्पन्न भएपछि बीमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुने व्यवस्था गरिएको छ।
इसेवाका अनुसार विभिन्न रोग, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी जटिलताका कारण सिर्जना हुने आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच विस्तार गर्न ‘सहारा हेल्थ इन्सुरेन्स’ प्रभावकारी माध्यम बनेको छ। सुलभ प्रिमियम, सहज डिजिटल प्रक्रिया र व्यापक कभरेजमार्फत अझ धेरै नेपालीसम्म स्वास्थ्य बीमाको पहुँच विस्तार गर्दै नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई सुदृढ बनाउने प्रतिबद्धता कम्पनीले जनाएको छ।
गत भदौदेखि सञ्चालनमा आएको यस बीमा योजनाबाट एक वर्षभन्दा कम अवधिमा १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेका छन्। डिजिटल माध्यमबाट बीमा सेवालाई सहज बनाउने उद्देश्यका साथ इसेवाले आफ्नो डिजिटल वित्तीय सेवाको दायरा निरन्तर विस्तार गर्दै आएको जनाएको छ। बीमा सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्न कम्पनीले विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा अन्य बीमा योजनासमेत उपलब्ध गराउँदै आएको छ।
प्रकाशित समय : १७:४८ बजे



















