global ime bank Long Banner Ad

गृहपृष्ठ लालीबजार’ को धेरै आम्दानी

लालीबजार’ को धेरै आम्दानी

लालीबजार’ को धेरै आम्दानी

काठमाडौँ।यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले एक लाख २६ हजार आम्दानी गरेको छ ।

चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने गरेको सूचनामा २८ गते आइतबार बेलुकीसम्म ‘सिनेपा २ बक्स अफिस’ मा सो कुरा उल्लेख छ ।

अभिनेत्री स्वस्तिमा खड्का लगायत अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

यस वर्षको पहिलो तीन महिनामा सबैभन्दा कम कमाउने चलचित्र ‘जाँड’ बनेको छ । सार्वजनिक विवरणअनुसार उक्त चलचित्रले एक लाख २६ हजार आम्दानी गरेको छ ।

राजु शाहले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

त्यसैगरी, गत जेठ १५ गते प्रदर्शन भएको चलचित्र ‘रोल नम्बर १’ ले एक करोड ७७ लाख छ हजार ५८३ कमाई गरेको छ ।

सो चलचित्र जोन योञ्जनको निर्देशनमा तयार भएको हो । चलचित्रमा मुकुन भुसाल, सुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यही असार ५ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘आइएम जितबहादुर’ ले घरेलुबजारमा राम्रो कमाई गर्न सकेन । यस अवधिमा सो चलचित्रले जम्मा रु ३१ लाख ३६ हजार ११२ कमाएको छ ।

कलाकार जीतु नेपालले निर्माण तथा अभिनय गरेको उक्त चलचित्रमा कलाकार नेपालसँगै वर्षा राउत, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।

 

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु