global ime bank Long Banner Ad

गृहपृष्ठ कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित

कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित

कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित

मान्म । पछिल्लो पटक कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।

कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी)का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ । हालसम्म एचआइभी सङ्क्रमितको कूल दर्ता सङ्ख्या ७५ रहेको छ ।

जिल्लामा सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकाका रहेको शाहीले जानकारी दिए । उनका अनुसार नरहरिनाथ गाउँपालिकामा ३२ जना सङ्क्रमित रहेका छन्, जसमा १३ पुरुष, १६ महिला, एक बालक र दुई बालिका रहेका छन् ।

खाँडाचक्रमा–१०, तिलागुफामा– तीन, रासकोटमा नगरपालिकामा–दुई शुभकालिका दुई, सान्नीत्रिवेणमा चार पचालझरनामा एक पलाँता गाउँपालिकामा तीन जना सङ्क्रमित रहेको फोकल पर्सन शाहीले बताए ।

“जिल्लामा अहिले निःशुल्क एआरटी सेवा उपलब्ध गराउँदै आएको छ”, उनले भने, “समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय परामर्शले सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था राम्रो राख्न महत्वपूर्ण भूमिका रहेको छ ।”
कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५७ पुग्नुले समुदायस्तरमै थप सतर्कता, नियमित परीक्षण, सुरक्षित यौन व्यवहार र कलंकमुक्त समाज निर्माणको आवश्यकता रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

 

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु