गृहपृष्ठ नाडाद्वारा ट्राफिक जनचेतनासम्बन्धी सामग्री हस्तान्तरण
नाडाद्वारा ट्राफिक जनचेतनासम्बन्धी सामग्री हस्तान्तरण
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतनासम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । काठमाण्डौंको त्रिपुरेश्वर चोकमा एउटा औपचारिक कार्यक्रमकाबीच अध्यक्ष दुलालले प्रहरी उपरिक्षक संञ्जिव शर्मालाई नो हर्न स्टिकर १०,००० थान, कोभिड-१९ विरुद्धको मास्क ५,००० थान, तपाइको मास्क खोइ ? चेतनामूलक व्यानर २०० थान र ट्राफिक नियमको पालना गरौ चेतनामूलक व्यानर २०० थान हस्तान्तरण गरे ।
उक्त अवसरमा सो जनचेतना मूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरणसमेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ । उक्त कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल सिवाकोटीसमेतको उपस्थित रहेको थियो । सो कार्यक्रममा महाशाखाका वरिष्ठ अधिकाकारीसमेतको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : २१:२८ बजे



















