बाढी प्रभावितका लागि Honda को १ लाख अमेरिकी डलर सहयोग
वि.सं.२०८३ असोज १९ सोमवार १४:२६
shares

काठमाडौं । नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउन Honda ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
Honda को एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor Co., Ltd. ले Thai Red Cross Society मार्फत उक्त सहयोग प्रदान गरेको हो।
कम्पनीले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापना तथा सामान्य जीवनमा फर्किने कामना गरेको जनाएको छ।
Honda ले विपद्का कारण प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।






















