global ime bank Long Banner Ad

गृहपृष्ठ गायक जगदीश समालको श्वरमा ‘देखे जब उनीलाई’ सार्वजनिक (भिडियोसहित )

गायक जगदीश समालको श्वरमा ‘देखे जब उनीलाई’ सार्वजनिक (भिडियोसहित )

गायक जगदीश समालको श्वरमा ‘देखे जब उनीलाई’ सार्वजनिक (भिडियोसहित )

गायक जगदीश समालको स्वरमा समावेश प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत 'देखे जब उनीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द गीतकार तथा फिल्म निर्मात्री अनु शाहको रहेको छ ।

नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन् । जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक समाल, गीतकार शाह र संगीतकार सुवेदीको सहकार्यमा रहेको 'तिम्रो प्यारमा छु' दर्शक स्रोतामाझ लोकप्रिय छ । 

प्रकाशित समय : २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु