काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

घटस्थापनामा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ भन्दा बढी JCB मेसिन हस्तान्तरण

377
shares

काठमाडौं । नेपालमा JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखामार्फत २७ भन्दा बढी JCB मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ। कम्पनीले ‘JCB शुभारम्भ’ कार्यक्रमअन्तर्गत मेसिन हस्तान्तरण गरेको हो। घटस्थापनाको परम्पराअनुसार आयोजित कार्यक्रममा प्रत्येक मेसिनको पूजा गरी टीका र माला लगाइएको थियो। त्यसपछि ग्राहकका परिवार तथा कम्पनीका प्रतिनिधिको उपस्थितिमा मेसिनको चाबी हस्तान्तरण गरिएको थियो। समारोहको अन्त्यमा केक काट्नुका साथै मिठाई वितरण गरिएको कम्पनीले जनाएको छ।

हस्तान्तरण गरिएका मेसिनमा JCB 3DX ब्याकहो लोडर, एक्साभेटर र एग्रीम्याक्सलगायतका मोडेल छन्। यी मेसिन विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण तथा कृषि क्षेत्रमा प्रयोग हुने कम्पनीले जनाएको छ। कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले घटस्थापनाको शुभ दिनमा २७ भन्दा बढी ग्राहकले नयाँ JCB मेसिनसँगै आफ्नो व्यवसायको नयाँ सुरुवात गरेको बताए। ‘हाम्रा लागि यो केवल मेसिन हस्तान्तरण मात्र होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ पनि हो। हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति आभारी छौँ,’ उनले भने।

एमएडब्ल्यू अर्थमुभर्सबारे

एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा JCB मेसिन तथा सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार देशभर फैलिएको सञ्जालमार्फत उसले १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।