दुबईमा जगदम्बा मोटर्सलाई टिभिएसका दुई अन्तर्राष्ट्रिय सम्मान
वि.सं.२०८३ असोज २१ बुधवार १३:३४
shares

काठमाडौं । नेपालमा टिभिएस मोटरको बिक्रीपछिको सेवा अन्तर्राष्ट्रिय मञ्चमा समेत सम्मानित भएको छ। टिभिएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दुबईमा आयोजित टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। यूएईको दुबईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न सम्मेलनमा टिभिएसका विभिन्न देशका वितरक सहभागी थिए। सम्मेलनमा जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। जगदम्बा मोटर्सका अनुसार ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स अवार्डले कम्पनीको वर्कसप व्यवस्थापन, दक्ष प्राविधिक, प्राविधिक तालिम, जेन्युइन स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवासहितको समग्र सर्भिस नेटवर्कलाई अन्तर्राष्ट्रिय स्तरमा मूल्यांकन गरिएको देखाउँछ। कम्पनीले उक्त सम्मानलाई नेपाली टिभिएस प्रयोगकर्ताले नेपालमै प्राप्त गरिरहेको बिक्रीपछिको सेवाको गुणस्तरको अन्तर्राष्ट्रिय पहिचानका रूपमा व्याख्या गरेको छ।
जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले अवार्डलाई ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको परिणाम बताइन्। “यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो,” उनले भनिन्। अग्रवालले अवार्डले नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाउन सक्ने विश्वास थप बलियो बनाएको बताइन्। टिभिएसका सवारीसाधन प्रयोग गर्ने ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ। जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स र देशभर फैलिएको सेवा नेटवर्कमार्फत बिक्रीपछिको सेवा दिँदै आएको जनाएको छ। कम्पनीले सेवा प्रक्रियालाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई छिटो र सहज सेवा दिने योजना अघि सारेको बताएको छ।
जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो। कम्पनीले नेपालमा टिभिएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको बिक्री, सर्भिस र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ। दुबईमा प्राप्त दुई अन्तर्राष्ट्रिय सम्मानले नेपालमा सञ्चालन भइरहेको टिभिएसको बिक्रीपछिको सेवा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर मिलेको कम्पनीले जनाएको छ। काठमाडौं । नेपालमा टिभिएस मोटरको बिक्रीपछिको सेवा अन्तर्राष्ट्रिय मञ्चमा समेत सम्मानित भएको छ। टिभिएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दुबईमा आयोजित टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
यूएईको दुबईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न सम्मेलनमा टिभिएसका विभिन्न देशका वितरक सहभागी थिए। सम्मेलनमा जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। जगदम्बा मोटर्सका अनुसार ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स अवार्डले कम्पनीको वर्कसप व्यवस्थापन, दक्ष प्राविधिक, प्राविधिक तालिम, जेन्युइन स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवासहितको समग्र सर्भिस नेटवर्कलाई अन्तर्राष्ट्रिय स्तरमा मूल्यांकन गरिएको देखाउँछ। कम्पनीले उक्त सम्मानलाई नेपाली टिभिएस प्रयोगकर्ताले नेपालमै प्राप्त गरिरहेको बिक्रीपछिको सेवाको गुणस्तरको अन्तर्राष्ट्रिय पहिचानका रूपमा व्याख्या गरेको छ।
जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले अवार्डलाई ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको परिणाम बताइन्। “यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो,” उनले भनिन्। अग्रवालले अवार्डले नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाउन सक्ने विश्वास थप बलियो बनाएको बताइन्। टिभिएसका सवारीसाधन प्रयोग गर्ने ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ। जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स र देशभर फैलिएको सेवा नेटवर्कमार्फत बिक्रीपछिको सेवा दिँदै आएको जनाएको छ। कम्पनीले सेवा प्रक्रियालाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई छिटो र सहज सेवा दिने योजना अघि सारेको बताएको छ। जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो। कम्पनीले नेपालमा टिभिएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको बिक्री, सर्भिस र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ। दुबईमा प्राप्त दुई अन्तर्राष्ट्रिय सम्मानले नेपालमा सञ्चालन भइरहेको टिभिएसको बिक्रीपछिको सेवा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर मिलेको कम्पनीले जनाएको छ।
























