गृहपृष्ठ कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु
कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु
अमेरिकाको कोलोराडो राज्यको अर्वदा सहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा सहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ ।
अर्वदा सहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रहरी विभागले सोमबार गरेको ट्वीटमा कोलोराडाको एक पुरानो सहर अर्वदामा सो हत्या काण्ड भएको र एकजना प्रहरी अधिकारी पनि मारिएको जानकारी दिइएको छ। ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि सो ट्वीटमा उल्लेख गरिएको छ । एकजना अज्ञात व्यक्तिले सो क्षेत्रमा गोली चलाएको थियो । त्यस क्रममा अर्का एकजनाको पनि ज्यान गएको छ ।
सो आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएको बताइएको छ । गोली चलाउने व्यक्तिलाई प्रहरीले आक्रमण गरेको थियो । त्यस क्रममा अर्का एकजना प्रहरी पनि घाइते भएका बताइएको छ । के कति कारणले त्यस व्यक्तिले प्रहरीमाथि गोली चलाएको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । (एजेन्सी)
प्रकाशित समय : १९:३३ बजे


















