गृहपृष्ठ फुटबलकाे बन्द प्रशिक्षणमा ५० खेलाडी छनोट
फुटबलकाे बन्द प्रशिक्षणमा ५० खेलाडी छनोट
साफ च्याम्पियनसीप र एसियन कपको छनोटका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ‘क्लोज क्याम्प’का लागि ५० जना खेलाडी छनोट गरेका छन् । साफ च्याम्पियनसीप र एसियन कपको तेस्रो चरणको छनोटका तयारीका लागि उनले खेलाडी छनोट गरेका हुन् ।
नेपाली टोलीले जुलाई १ देखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ । प्रशिक्षण दैनिक दुई पटक बिहान १० र दिउँसो ४ बजे हुने छ ।
प्रारम्भिक टोली :
किरण चेम्जोङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल. अमित तामाङ, अन्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राइ, दर्शन गुरुङ, दीनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रेजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राइ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।
प्रकाशित समय : १९:२७ बजे


















