global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रिलियनियर बने लगत्तै मस्कले किन्ने ६० बिलियनको कोडिङ कम्पनी

ट्रिलियनियर बने लगत्तै मस्कले किन्ने ६० बिलियनको कोडिङ कम्पनी

ट्रिलियनियर बने लगत्तै मस्कले किन्ने ६० बिलियनको कोडिङ कम्पनी

क्यालिफोर्निया । टेक दिग्गज एलन मस्कले एआईको क्षेत्रमा अहिलेसम्मकै ठूलो लगानी गर्दै ६० अर्ब अमेरिकी डलर बराबरको कोडिङ कम्पनी खरिद गरेका छन् ।

विश्वको पहिलो ट्रिलियनियर बनेका मस्कको कम्पनी स्पेसएक्सले एआई कोडिङ क्षेत्रमा चर्चित स्टार्टअप कर्सरको निर्माता एनिस्फेयरलाई खरिद गर्ने सम्झौता अन्तिम चरणमा पुर्‍याएको हो ।

गत हप्ता मात्रै स्पेसएक्सले अमेरिकी शेयर बजारमा ऐतिहासिक सूचीकरण गरेको थियो, जसपछि कम्पनीको मूल्य २ ट्रिलियन डलरभन्दा बढी पुगेको बताइएको छ । त्यसपछि मस्कले ठूलो स्टक सम्झौतामार्फत यो मेगा डिल अघि बढाएका हुन् ।

यो खरिदमार्फत मस्कले आफ्नो एआई कम्पनी एक्सएआईलाई थप सशक्त बनाउने लक्ष्य राखेका छन् । कम्पनीले एआई बजार आगामी दिनमा २८.५ ट्रिलियन डलरसम्म पुग्न सक्ने अनुमान गरेको छ ।

एआई कोडिङ उपकरणहरूको माग कर्पोरेट र डेभलपरहरूबीच तीव्र रूपमा बढिरहेको छ, जसले सफ्टवेयर कोड तथा डिजाइन प्रक्रियालाई सहज बनाउने बताइन्छ ।

हाल एआई बजारमा ओपनएआई र एन्थ्रोपिक जस्ता कम्पनीहरूको प्रभुत्व रहे पनि कर्सरले आफ्नो प्रभावशाली कोडिङ क्षमताका कारण विकासकर्ताहरूलाई आकर्षित गर्दै आएको छ ।

सम्झौतापछि मस्कले ‘ग्रोक बिल्ड’ नामक उन्नत कोडिङ उपकरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ, जसले ग्रोक एआई र कर्सरलाई एकीकृत गर्नेछ ।

सम्झौताको खबरपछि स्पेसएक्सको मूल्यमा उल्लेख्य वृद्धि भएको र कम्पनीको बजार मूल्य २.५३ ट्रिलियन डलर पुगेको दाबी गरिएको छ ।

सन् २०२२ मा सुरु भएको कर्सर स्टार्टअपले छोटो समयमा नै वार्षिक २.६ अर्ब डलर राजस्व हासिल गरेको बताइएको छ ।

प्रकाशित समय : ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु