गृहपृष्ठ भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, तत्काल कूटनीतिक पहल गर्न महासंघको माग
भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, तत्काल कूटनीतिक पहल गर्न महासंघको माग
lrof l6Kb} M Onfdsf] blIf0fL bfgfaf/Ll:yt lrlndsf]6l:yt lrof aufgdf lrof l6Kb} aufgsf dhb'/x¿ . tl:a/M uf]ljGb nfld5fg]÷Onfd /f;;
काठमाडौं । भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चिया निर्यातमा अवरोध गरेपछि कोशी प्रदेशका चिया उद्योग गम्भीर संकटमा परेका छन् ।
निर्यात रोकिँदा उद्योगहरूको नगद प्रवाह प्रभावित भएको छ भने हजारौँ किसान, श्रमिक र उद्यमी प्रत्यक्ष मारमा परेको नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश (एफएनसीसीआई कोशी प्रदेश) ले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिअनुसार झापा, इलामलगायत कोशी प्रदेशका जिल्लामा उत्पादित चिया भारततर्फ निर्यात गर्ने क्रममा भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा गैर–भन्सार अवरोध सिर्जना गरेको छ । यसका कारण ठूलो परिमाणमा तयार चिया सीमावर्ती नाकामै रोकिएको बताइएको छ ।
निर्यात अवरुद्ध हुँदा चिया उद्योगहरूको गोदाममा मौज्दात थुप्रिनुका साथै नगद प्रवाहमा गम्भीर समस्या देखिएको र उद्योग सञ्चालनमै चुनौती थपिएको महासंघको भनाइ छ ।
महासंघका अनुसार यस समस्याको प्रत्यक्ष असर हजारौँ चिया किसान, श्रमिक तथा उद्यमीमाथि परेको छ । निर्यात अवरुद्ध भएपछि कोशी प्रदेशका चिया उद्योगहरू पछिल्ला दिनहरूमा अनिश्चितकालीन बन्दको अवस्थामा पुगेका छन् ।
नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक करिब २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ । यस क्षेत्रमा २० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् ।
महासंघले उद्योग बन्द हुँदा रोजगारी गुम्ने जोखिम बढ्ने र क्षेत्रीय अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ । साथै, चिया निर्यात सहज बनाउन सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरिएको छ ।
प्रकाशित समय : ०९:४० बजे


















