गृहपृष्ठ खोलामा डुबेर किशोरीको मृत्यु
खोलामा डुबेर किशोरीको मृत्यु
उदयपुर (गाईघाट) ।उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौनपा–९ देवधारकी आयुसा सदाको देवधार खोलाको दहमा डुबेर मृत्यु भएको हो ।
शवलाई बुधबार रातिनै परीक्षणका लागि उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।
प्रकाशित समय : १०:४४ बजे



















