बिहीबार सुनको मूल्य पुन : उकालो
वि.सं.२०७८ जेठ ६ बिहीवार १७:०९
shares

तीन दिन पछि बुधबार घटेको सुनको मूल्य बिहीबार पुन : बढेको छ । बुधबार सुनको मूल्य एक सय रूपैयाँ घटेको थियो । आइतबार, सोमबार र मंगलबार सुनको मूल्य क्रमश: ९ सय, ३ सय र ६ सय रूपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रूपैयाँ बढेको छ । बुधबार ९३ हजार ३ सय रूपैयाँ तोकिएको छापावाल सुन आज ९३ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको हो । त्यस्तै बिहीबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रूपैयाँ कायम गरिएको छ ।
आज चाँदी १० रूपैयाँ घटेर प्रतितोला एक हजार ३ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा हजार ३ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।

























